दफा १६
उपसमिति गठन गर्न सक्ने
– (१) समितिले आफ्नो कार्य सञ्चालन गर्नका लागि आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएका उपसमितिको काम, कर्तव्य, अधिकार, कार्यक्षेत्रगत शर्त तथा कार्यावधि समितिले तोकेबमोजिम हुनेछ ।